Tune to BFM 91.2|Biratnagar

बालिका बलात्कार गर्ने पक्राउ

विराटनगर, १ जेठ । बालिकालाई बलात्कार गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बू पक्राउ परेका छन् ।

परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै लिम्बूले १५ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाएर हिजो बिहान बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताउनु भयो ।

बालिकालाई लिम्बूले घरको कोठा भित्र लग्दै ढोका थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईको भनाइ छ । बलात्कारपछि फरार बनेका उनलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राईले बताउनु भयो । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button