बाल रोग विशेषज्ञ अग्रवाललाई हृदयघात

0
690

विराटनगर, २५ बैशाख । विराटनगरको कोसी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ । अग्रवाल ६ वर्षदेखि मेडिकल अफिसरका रुपमा कोसी अस्पतालमा हुनु हुन्थ्यो । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा हिजो उपचारका लागि भर्ना हुनु भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्राम इको गरिएको थियो । इकोका क्रममा मुटुको एउटा धमनी अवरुद्ध रहेको देखिएको अग्रवालका निकटस्थ डा. रोशन पोखरेलले जानकारी दिनु भयो । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. पोखरेलेका अनुसार बुवाको एन्जियोग्राफीका लागि नोबेल जाने कुरा गर्नु भएका डा. अग्रवालले साथीभाइलाई समेत आफ्नो स्वास्थ्य समस्याका बारेमा जानकारी गराउनु भएको थिएन । बुवाको एन्जियोग्राफीका लागि भन्दै कोसी अस्पतालबाट समेत विदा लिएर बसेको जनाइएको छ । एक महिना यता डा. अग्रवाल साथीभाइसँग धेरे घुलमिल नगर्ने, पत्रपत्रिका पढेर टोलाइरहेको जस्तो देखिँदै आएको कोसी अस्पतालका अन्य चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा गय रातिबाटै अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पतालका चिकित्सकहरुसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो । नोबेल अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइरहेका डा. अग्रवालको बे्रनडेड भइसकेको छ । नोबेल अस्पतालमा हाल अग्रवालपरिवारसहित विराटनगरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, विभिन्न समाजिक संस्थाका व्यक्तिहरु उपस्थित रहेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here