Tune to BFM 91.2|Biratnagar

वीएफएम समाचार प्रभाव :कटहरीको तरकारी उठ्ने भयो

विराटनगर, ६ वैशाख । मोरङको कटहरीमा उत्पादित तरकारी खेर गईरहेको प्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । लकडाउनका कारण किसानहरुले उत्पादित तरकारी वजारमा लैजान नपाउँदा बारिमै कुहिन थालेको गुनासो गरेपछि प्रदेश सरकारको समन्वयमा किसानको तरकारी उठ्ने भएको छ ।

कटहरीको तरकारी उत्पादक कृषि सहकारी संस्थाले किसानबाट तरकारी संकलन गर्ने भएको छ । यसको तयारीका लागि किसानसँग छलफल भईरहेको सहकारी संस्थाका अध्यक्ष धर्मलाल सिंहले बताउनुभयो ।

प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा आज भएको बैठकले कटहरीको तरकारी तत्काल उठाउने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री घिमिरे, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम राना, सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले तत्काल तरकारी उठाउने निर्णय गरेको हो ।

कृषकबाट तरकारी सहकारी संस्थाले संकलन गरि कटहरीको तरकारी तथा फलफूल वजारमा जम्मा गरिने भएको छ । तरकारी बजारबाट उपभोक्ता समक्ष लैजाने निर्णय भएको तरकारी उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष सिंहले बताउनुभयो ।

उहाका अनुसार कृषकको बारीमा अहिले एक हजार ट्रक गोलभेडा, काउली, बन्दा, भिन्डी, करेला बोडी रहेको छ । अध्यक्ष सिंहले भन्नुभयो,‘ धेरै गोलभेडा बारीमै कुहेर गइसक्यो ।’ तरकारी भोलीदेखि संकलन हुने उहाँले बताउनुभयो ।

लकडाउनका कारण किसानहरुले उत्पादित तरकारी वजारमा लैजान नपाउँदा बारिमै कुहिन थालेको रिपोर्ट यस अघि बि एफ एम ले प्रसारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button