Tune to BFM 91.2|Biratnagar

बिधेयक फिर्ता गर्न माग गर्दै विराटनगरमा प्रर्दशन

विराटनगर, ९ असार । संघीय संसदको संसदीय समितिबाट बहुमतले पारित नागरिकता बिधेयक फिर्ता गर्न माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ ।

जनता समाजबादी पार्टी नेपालले सो बिधेयक फिर्ता गर्न मागगर्दै प्रदर्शन गरेको हो । सो पार्टीले नगरक्षेत्रको मेनरोडस्थित पँचमुखी हनुमान मन्दिरचोकबाट ट्राफिकचोकसम्म प्ले कार्डसहित प्रर्दशन गरेको छ ।

प्रदर्शनका सहभागिले नागरीकता बिधेयक खारेज गर,धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन,महिला माथिको बिभेद अन्त्य गर,नेकपा सचिवालय निर्णय मुर्दाबाद लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रर्दशन लगत्तै मेनरोडमै कोणसभा समेत आयोजना गरिएको थियो । कोणसभामा जनता समाजबादी पार्टी नेपालका प्रदेश तथा जिल्लास्तरिय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button