बिप्लव माओवादीका १० कार्यकर्ता पक्राऊ

0
230

सुनसरी, ४ वैशाख । नेकपा माओवादी बिप्लव समुहका १० जना कार्यकर्ता पक्राउ परेका छन । आज बिहान सुनसरीको धरान १९ स्थित हरियाली सामुदयिक बन क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । बिभिन्न अपराधिक गतिबिधिमा समलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा बिभिन्न जिल्लाका गरी सबै अखिल शिक्षक संगठनका कार्यकर्ता रहेको बुभmिएको छ । जसमा भोजपुर षडान्नद नगरपालिका ५का अखिल शिक्षक संगठनका केन्द्रीय सदस्य ३० बर्षिय गोबिन्द खडका, ईलाम नगरपालिका ५ का जिल्ला सदस्य ३८ बर्षिय प्रेम तामाङ,ताप्लेजुङ २ फुलबारी का जिल्ला सदस्य ५३ बर्षिय जिननाथ भटटराई, ताप्लेजुङ फुङलिङ ४ का जिल्ला उपाध्यक्ष ४७ बर्षिया सुशिला गौतम, ताप्लेजुङकै मरेली ४ का जिल्ला सदस्य ४० बर्षिया गाणेश लिम्बु,ताप्लेजुङ फुङलिङ २ का जिल्ला अध्यक्ष समेत रहेका ४७ वर्षिय युवराज गौतम, खोटाङ ऐसेलुखर्क ६ का जिल्ला सदस्य ५५ वर्षिय जीवन राई, दैलेख महुमुले २ का केन्द्रीय उपाध्यक्ष ४७ वर्षिय लक्ष्मीराम ढकाल, काठमाडौ“ घर भएका केन्द्रीय महासचिव ५० वर्षिय रमेश रुपाखेती, र इलाम ३ की जिल्ला सदस्य ४० वर्षिया खिममाया परियार रहेका छन । पक्राउ परेका दशै जनालाई सार्वजिन अपराध अ्नर्तगतको मुद्धा चलाउने तयारी गरिएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here