बिराटनगर बाट १० लाख बराबरको प्रतिबन्धित औषधि बरामद
विराटनगर, २६ माघ । बिराटनगर महानगरपालिकाबाट १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ । महानगरपालिका १०, न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधी भण्डार गरेको अवस्थामा सो औषधि बरामद गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो । साथै अनुसन्धानका लागि उक्त औषधि रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको औषधी आवश्यक कारवाहीको लागि औषधीव्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भई रहेको छ ।