बिरामीको मृत्युपछि नोबेलमा तनाव

0
211

विराटनगर, १९ मंसिर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आज दिनभर विराटनगरको नोबेल शिक्षण अस्पताल तनावपूर्ण बन्यो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले होहल्ला गर्दै प्रदर्शन गर्न थालेपछि स्थिती तनावग्रस्त बनेको हो । झापाको बिर्तामोड नगरपालिका ५ का ६५ बर्षीय लक्ष्मीप्रसाद शर्माको नोबेलमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै शव बुझन् नमानिकन आफन्त आन्दोलित बनेका थिए । मृतकका छोरा अजय शर्माले उच्च रक्तचापले बुवा लडेपछि तत्काल उपचारका लागि बित्र्ता सिटी अस्पताल पुर्याएको र त्यहाँबाट नोबेल अस्पताल रेबिरामीको मृत्युपछि नोबेलमा तनाव
विराटनगर, १९ मंसिर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आज दिनभर विराटनगरको नोबेल शिक्षण अस्पताल तनावपूर्ण बन्यो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले होहल्ला गर्दै प्रदर्शन गर्न थालेपछि स्थिती तनावग्रस्त बनेको हो । झापाको बिर्तामोड नगरपालिका ५ का ६५ बर्षीय लक्ष्मीप्रसाद शर्माको नोबेलमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै शव बुझन् नमानिकन आफन्त आन्दोलित बनेका थिए । मृतकका छोरा अजय शर्माले उच्च रक्तचापले बुवा लडेपछि तत्काल उपचारका लागि बित्र्ता सिटी अस्पताल पुर्याएको र त्यहाँबाट नोबेल अस्पताल रेफर गरेपछि नोबेलमा मंसिर १ गते भर्ना गराएको बताउनु भयो । नोबेल अस्पतालका चिकित्सकले ब्रेन ह्याम्रेज भएको भन्दै तत्काल बुवाको टाउकोको शल्यक्रिया गरेको अजयको भनाइ छ । शल्यक्रियापछि ११ दिनसम्म आइसियूमा राखेर तीन दिन न्यूरो रिह्याबमा राख्दा बुवाको स्वास्थ्य अबस्था निकै सुधार भएको र चिकित्सकहरुले घर लग्न सल्लाह दिएको उहाँको भनाइ छ । बुवालाई घर लग्ने तयारी गर्दै चिकित्सकले आईसियूमा लागेर राख्न सल्लाह दिएको र पछि मृत्त घोषणा गरेको अजयले बताउनु भयो । मृतकका आफन्तले शव बुझ्न नमानेपछि आज अस्पताल प्रशासन र मृतकका परिवारका सदस्यबीच बार्ता भएको थियो । बार्ताका क्रममा मृतकका परिवारले अस्पताललाई तिर्नु पर्ने ९१ हजार रुपैयाँ मिनाहा गरिदिने र औषधि बापतको ४० हजार रुपैयाँ अस्पतालले तिरिदिने सहमती भएको अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले बताउनु भयो । सहमतिपछि मृतकका आफन्तले शव जिम्मा लिएका छन् । दाहालले उपचारका क्रममा चिकित्सकले कुनै लापरवाही नगरेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here