Tune to BFM 91.2|Biratnagar

बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

विराटनगर ३ भदौ । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

कोरोना संक्रमित धरान १५ निवासी ७१ वर्षीय महिलाको आज बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।धरानस्थित एन्फा क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा ती महिलामा साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो । संक्रमित महिलामा दम र मुटुरोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।बृद्धाको उपचारको क्रममा मृत्यु भएको र उनको शव व्यवस्थापनको प्रक्रिया अगाडि बढेको प्रतिष्ठानले जनाएको छ ।

यसैबिच सुनसरीमा आज विहान आएको पिसिआर परीक्षणको रिपोर्टमा ३५ जनामा कोरोना संक्रमण देखीएको हो । आज थप भएका कोरोना संक्रमितहरुमा हरीनगरका १३ जना पुरुष रहेकाछन् ।

यस्तै इटहरी उपमहानगरपालिकाका ४ पुरुष, दुहबीका ३ महिला र ८ पुरुष, रामधुनीका २ पुरुष र बर्जु गाउपालीकाका १ महिला र ४ पुरुष रहेकाछन् । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले राति गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ आएको बताउनुभयो

। इटहरीमा २ थुनुवा र एक प्रहरीसहित चार जनामा कोरोना देखिएको छ । योसँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७२ पुगेको छ ।

आज संक्रमित पुष्टि भएका अधिकांश समुदाय स्तरकै व्यक्तिहरू रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button