Tune to BFM 91.2|Biratnagar

बीपी प्रतिष्ठानमा २ संक्रमितको मृत्यु

विराटनगर ८ मंसिर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इलाम–१ का २५ वर्षीय पुरुष र मोरङ सुन्दरहरैंचाका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

मोरङका पुरुषमा गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button