बीपी प्रतिष्ठान मा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु
विराटनगर ११ कार्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १ बजेतिर मृत्यु भएको हो ।प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो ।त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।उपचारकै क्रममा उनको मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।