Tune to BFM 91.2|Biratnagar

बीरेन्द्र सभागृहलाई आधुनिक स्वरुप दिइने

विराटनगर, ५ साउन । विराटनगरमा रहेको एकमात्र सभागृहलाई आधुनिक स्वरुप दिइने भएको छ । विराटनगर महागनरपालिकाले बीरेन्द्र सभागृहलाई रेक्ट्रोफिटिङको विधि मार्फत आधुनिक स्वरुपमा बदल्ने प्रकृया अगाडि बढाएको हो ।

महानगरपालिकाले बीरेन्द्र सभागृह पुर्ननिर्माणका लागि नेपाल सरकारको नगर विकास कोषसँग ऋण सम्झौता गरेको छ । महानगरपालिकाले कोषबाट १२ करोड ऋण सहयोग लिएर सभागृहको पुननिर्माण अगाडि बढाएको हो ।

बीरेन्द्र सभागृह पुनर्निर्माण गर्न करिव २७ करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार सभागृहको अहिलेको स्वरुपमा व्यापक परिवर्तन गरिनेछ ।

सभागृहलाई रेक्ट्रोफिटिङ मार्फत मर्मत गरिने छ भने सभागृह भित्र बिशिष्ट पाहुना कक्ष, सञ्चार कक्ष(मिडिया क्याबिनेट), केन्द्रीय वातानुकुलित सुविधा (सेन्ट्रल एसी) आदिको प्रवन्ध गरिने छ ।

सभागृहलाई आधुनिक र आकर्षक बनाउन अग्रभागमा रहेको आँगनलाई आकर्षक बनाइने छ भने पछाडि तर्फको खाली ठाउँ पूर्णरुपमा उपयोग गरिने विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

सभागृह निर्माणका लागि महानगरपालिकाले बोलपत्र आब्हानको सूचना प्रकाशित गरेर आवेदन लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button