Tune to BFM 91.2|Biratnagar

बुढासुब्बा गोल्डकप : पुलिस फाइनलमा

विराटनगर, १५ फागुन । विभागिय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । बुढासुब्बा गोल्डकप पाँच पटकको बिजेता पुलिस क्लबले उपाधिका लागि शनिबार मनाङ मस्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी भएको थियो । तर पेनाल्टीमा पनि ४–४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो । जसमा मछिन्द्रका कप्तान बिराज महर्जनको प्रहार पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले रोके ।

पुलिसका तर्फबाट कपिल ढकालले गरेको प्रहारले जाली चुम्यो । पेनाल्टी सुटआउटमा पलिस क्लबका तर्फबाट पदम भट्टराई, तिर्थ मगर,जुमानु राई र भोला सिलवालले गोल गर्दा सुमन सुवेदीको प्रहार मछिन्द्रका गोल रक्षक बिसाल श्रेष्ठले रोकेका थिए ।

मछिन्द्रको तर्फबाट रञ्जित धिमाल, बिमल घर्तिमगर, बिजय धिमाल, देबेन्द्र तामाङले गोल गरे । बिसाल राई बीको प्रहार पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले रोकेका थिए । खेलको म्यान अफ द म्याच सञ्जित श्रेष्ठ भए । उत्कृष्ठ गोलको पुरस्कार रञ्जित धिमालले प्राप्त गरे ।

पुलिसले उपाधिका लागि मनाङसँग खेल्ने छ । मनाङले भारतीय क्लब यूके एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको फाइनल खेल १७ फागुनमा हुनेछ । टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउनेछन् । उपविजेताले टोलीले ५ लाख नगद पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button