Tune to BFM 91.2|Biratnagar

बुढासुब्बा गोल्डकप : सेमिफाइनलमा मछिन्द्र

विराटनगर, १३ फागुन । मछिन्द्र क्लब सुनसरीको धरानमा जारी २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको चौथो क्वार्टरफाइनलमा भारती क्लब सन्डे क्लब एफसी कोलकोत्तालाई ६–१ गोलले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । धरान रंगशालामा भएको खेलमा मछिन्द्रलाई जिताउन विमल घर्तीमगरले ह्याट्रिक गरे भने विशाल राईले समान २ गोल गरे ।

यस्तै रिजेन सुब्बाले एक गोल गरे । यता, पराजित कोलकोत्ताका लागि सञ्जीव बौरीले एक गोल फर्काए । खेलको २०औं मिनेटमा विमल घर्तीमगरले गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । यस्तै खेलको २९औं मिनेटमा विशाल राईले गोल गरेपछि मछिन्द्रले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको हो ।

यसैगरी खेलको ४९औं मिनेटमा रिजेन सुब्बाले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाएका थिए । यस्तै विशाल राईले ७५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–० गोलको अग्रता दिलाएका थिए । विमलले खेलको ८१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ५–० गोलको अग्रता बनाएको थियो ।

यस्तै कोलकोत्ताका लागि सञ्जीव बौरीले ८५औं मिनेटमा गोल गर्दै खेल ५–१ गोलको अवस्थामा ल्याए । यसैगरी खेलको ८७औं मिनेटमा विमलले ह्याट्रिक गरेपछि मछिन्द्रले खेल ६–१ गोलले जित्यो । जितसँगै कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता टोली मछिन्द्र सेमिफाइनल पुग्ने चौथो क्लब बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button