Tune to BFM 91.2|Biratnagar

बुढीगंगाका एक संक्रमितको मृत्यु

विराटनगर, २१ भदौ । मोरङको बुढीगंगा ४ का ५२ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगामा उपचाररत उनको दिउँसो ३ः३० मा मृत्यु भएको हो ।

मधुमेह र उच्चरक्तचापबाट पीडित उनको छातीमा पनि समस्या रहेको मेडिकल कलेजका प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि शनिवार स्वाव संकलन गरिएको थियो । उनको कोरोना पोजेटिभ रिपोर्ट साँझ ६ वजे आएको राठोरले बताए ।

बुढीगंगामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button