बुद्धोदय सहकारीमा खनाल निर्वाचित

0
57

विराटनगर, १८ मंसिर । विराटनगर ३ को बुद्धोदय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा बासुबहादुर खड्का, कोषाध्यक्षमा हरिचरण न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा शुष्मा दाहाल, यादव पोखरेल र यज्ञ खतिवडा चयन हुनुभएको छ । लेखा समिति संयोजकमा अविनास निधि चयन हुनुभएको छ । सहकारीले साधारणसभाको अवसरमा १ करोड ८७ लाख शेयर पुजी पुगेको बताईएको थियो । सहकारीको निक्षेप ७ करोड २२ लाख ४४ हजार ६ सय ५७ रुपैया रहेकोे छ । सहकारीमा ७ सय ९३ जना शेयर सदस्य रहेको बताईएको छ । यसअघि साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहकारीलाई रोजगारीमुखी बनाउनुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो,‘ सहकारीलाई उत्पादनमुखी भन्दा पनि रोजगार मुखी बनाउन आवस्यक छ ।’ मन्त्री घिमिरेले सहकारीका कारण व्यवसाय गरि धेरैलाई जिविकोपार्जनमा टेवा पुर्याएको बताउनुभयो । कार्यक्रममा विराटनगरका पत्रकार अनन्तराज न्यौपानेलाई पुरस्कृत गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले नगद १० हजार १ सय ११ रुपैया सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here