Tune to BFM 91.2|Biratnagar

बेतेनी सिमसारमा डुबेर मृत्यु एक पुरुषको मृत्यु

विराटनगर, २८ असार । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित बेतेनी सिमसारमा डुबेर हिजोसाँझ एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार सिमसारको पोखरीमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका मिक्लाजुङ–३ का ५० वर्षीय आशबहादुर लिम्बूलाई पछि मृत फेला पारिएको हो ।

माछा मार्नलाई भनेर पोखरीमा छिरेका लिम्बू हिजो दिउँसो ३ः३० बजेतिर डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको गोताखोर टोलीले साँझ मृत फेला पारेर लिम्बूको शव पोखरीबाट बाहिर निकालेको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button