बेलबारीका जनप्रतिनिको सेवा सुविधा बिपद ब्यबस्थापनमा
बेलबारी २० चैत । मोरङ्गको बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपद ब्यबस्थापन कोषलाई दिने निर्णय गरेका छन् । आज नगरकार्यपालिकाको वैठकले एक महिनाको सेवा सुविधा कोषमा दिने निर्णय गरीएको प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
बेलबारीमा ६० जना जनप्रतिनिधिहरु रहेका छन् । यसैगरी नगरपालीकामा कार्यरत कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको प्रमुखसुवेदीले बताउनुभयो ।नगरपालिकाले यस अघिनै बिपद ब्यबस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको नगरपालिका प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताउनुभयो ।
एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११मा राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि,वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्याक्तिहरुलाई सहयोग गरीदिन समेत नगर कार्यपालिकाको वैठकले आग्रह गरेको छ ।
विभिन्न देश बाट आएका ९० जना भन्दा वढिको तथ्याक सकलन गरीसकेको र दैनिक तिनिहरुको स्वास्थय अबस्था बुझ्ने देखी कोरोना भाइरस रोकथामका लागि भिडभाड हुने स्थानमा औषधीहरु छर्केने काम समेत भइरहेको प्रमुख्र सुवेदीले बताउनुभयो । नगरपालिकाले १५ बेडको आसोलेसन समेत तयार गरेको छ ।