Tune to BFM 91.2|Biratnagar

बेलबारीका १० परिवारलाई खाध्यान्न सहयोग

विराटनगर, ११ चैत । मोरंगको बेलबारीका १० परिवारलाई एक कम्पनीले खाध्यान्न सहयोग गरेको छ । सयपत्री मल्टी प्रपोज कम्पनिले १० परिवारका ३८ जनालाई दैनिक उपभोग्य वस्तु, तथा सावुन ,मास्क र ग्लोव्स वितरण गरेको हो ।

प्रति परिवार २५ किलो चामल, दाल ,भुजा चिउरा दुई÷दुई किलो नुन, १ लिटर तेल वितरण गरीएको सयपत्री मल्टी प्रपोज कम्पनिका प्रबन्ध निर्देशक माधवराज थापाले बताउनुभयो । बेलबारी १ का मुसहर परिवारलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि खाध्यान्नको समस्या भएका मुसहर परिवारले वाहिर निस्कनु नपरोस भनेर सहयोग गरेको प्रवन्ध निर्देशक थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button