Tune to BFM 91.2|Biratnagar

बेलबारीका १ सय १ परिवारले नयाँ घर पाए

विराटनगर, १९ भदौ । मोरङको बेलबारी नगरपालिकाले जनता आवास कार्यक्रम अन्र्तगत १ सय घर निर्माण गरेको छ ।

असाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि नगरपालिकाले १ सय १ वटा घर बनाएको हो । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा घरहरु निर्माण गरिएको हो ।

वडा नं. ३, ४, १० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । नगर प्रुमख सुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् ।

नगरपालिकाले घर निर्माण गरिदिएपछि लाभग्राहीहरु खुशी भएका छन् । पहिला बाँसका टाटी प्रयोग गरेर बनाएको घरमा बस्दै आउनुभएकी सीता राइले चिटिक्क पाएकोमा खुशी व्यक्त गर्नुभयो । प्रत्येक घरमा बरण्डा सहितको तीन वटा कोठा निर्माण गरिएको छ ।

प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँमा घर निर्माण सम्पन्न भएको प्रमुख सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button