बेलबारीको पहिलो जाति धिमाल

0
40

विराटनगर, २० फागुन । मोरंगको बेलबारी नगरपालिकाले धिमाल जातिलाई प्रथम जाति घोष्णा गरेको छ । नगरमा वसोवास गर्ने पहिलो जातिकारुपमा धिमाल जातिलाई घोषणा गरेको नगरपालिकाले जनाएको छ । दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्टभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोष्णा गरीएको प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । वि.सं. १८६२ देखीनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किम्वदन्ती रहेको पाइन्छ प्रमुख सुवेदीले भने बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ । घोषणा कार्यक्रममा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ । बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । सो जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here