Tune to BFM 91.2|Biratnagar

बेलबारीमा कोरोना परिक्षण

विराटनगर, २ वैशाख । मोरङको बेलबारी नगरपालिकाले आजदेखि कोरोना भाइरसको परिक्षण गर्न थालेको छ ।

द्रुत निर्धारण परीक्षण आरडीटीद्धारा रोगको पहिचान गरीने र परीक्षण रिपोर्ट १५ मिनेटमा नै आउने नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले बताउनुभयो ।

परीक्षणकालागि चाहिने आवश्यक सम्पूर्ण सामाग्रीहरु ल्याइसकेकाले परीक्षण सुरुगरिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीका अनुसार पहिलो चरणमा विदेशबाट आएका मानिसको परीक्षण गरिनेछ भने त्यसपछि शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button