Tune to BFM 91.2|Biratnagar

बेलबारीमा गरिव तथा विपन्नका लागि घर निर्माण शुरु

विराटनगर, २ चैत । मोरंगको बेलबारी नगरपालिकाद्धारा गरिव तथा विपन्नका लागि घर निर्माण शुरु गरेको छ । सहारा नेपाल र ह्याविटेड नेपालसँगको सहकार्यमा १ सय परिवारलाई घर निर्माण शुरु गरिएको हो ।

आज वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र सुवेदीले घर निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । ५ वटा वडामा पहिलो चरणमा घर बनाइने प्रमुख सुवेदीले बताउनुभयो ।

नगरपालिकाले गरिव, असहाय, दलित तथा पिछडा वर्गलाई प्राथमिकतामा राखेको जनाएको छ । नगर प्रमुख सुवेदीका अनुसार १,२, ३, ४ र ११ नम्बर वडामा घर बनाइने छ । प्रति घर निर्माणमा नगरपालिकाको १ लाख ५० हजार, सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख र श्रमदान मा घर निर्माण हुने छ ।

११ नम्बर वडामा ३७ वटा घर बनाइने छ भने अन्य ५ वटा वडामा ६३ वटा घर बनाईने नगरपालिकाको कार्यालयले जनाएको छ । टिनको छानो भएको तीन कोठे घर निर्माण गर्न लागिएको हो ।

१ महिनामा भित्रमा घर निर्माण गरि हस्तान्तरण गरिने सहारा नेपालका कन्ट्रिलिडर टिपी शर्मा कँडेलले बताउनुभयो । विभिन्न स्थानीय तहसँगको साझेदारीमा अहिले सम्म ६ सय वटा घर निर्माण गरिएको साहारा नेपालका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button