बेलबारीमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
विराटनगर, २७ वैशाख । मोरङको बेलबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घर घरमै पुगेर वितरण गरेको छ ।
नगरपालिका भित्रका जेष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिलाई सरकारले दिने भत्ता जनप्रतिनिधि तथा कर्मचारीहरु घर घरमा पुगेर दिएको हो । लकडाउनका कारणले यातायात थप्प हुँदा बैंकमा गएर राज्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन जान नसक्ने अबस्था आएपछि घरघरमा पुर्याएर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
बैकहरुमा आँउदा जादा भिडभाड बढ्ने भएकोले घर घरमै आफै गएर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
बिपदको समयमा वडा कार्यालयले गरेको यो कार्यले भत्ता पाउनेहरुलाई राहत मिलेको स्थानिय वासिन्दा लक्ष्मण जंघ थापाले बताए । वृद्धवृद्धाहरु पनि नगरपालिकाले घर दैलामै भत्ता ल्याइदिँदा खुसि भएका छन ।
उनिहरुले लकडाउनको समयमा भत्ताको पैशाले राहत मिलेको समेत बताए । यसअघि बैकहरुवाट मात्रै भत्ता वितरण हुने गरेको थियो ।
बेलबारीमा बणिज्य बैक,एन आइसि एसिया,सानिमा बैक ,लुम्बिनि बैक,जनता बैक,प्रभु वैक एन एम वि बैक,सेन्चुरी बैक सिर्जना फाइनान्स लागयतका वैकहरुको सहकार्यमा राहत वितरण गरीएको नगरपालिकाको कार्यालयले जनाएको छ ।