Tune to BFM 91.2|Biratnagar

बेलबारीमा बजार अनुगमन

विराटनगर, १८ चैत । मानवबस्ती रहेको स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा उपभोक्ताको भिडभाडले कोरोना संक्रमणको सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले तरकारी बजार बन्द गराएको छ ।

पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको बेलबारी १ मा रहेको, साप्ताहिक हटियाहरु बन्द भएपनि सब्जीबजार संचालनमा आएपछि भिडभाडका कारण बजार बन्द गराइएको हो । उपमेयरको नेतृत्वमा आज गएको अनुगमन टोलीले सब्जी बजार बन्द गर्न निर्देशन दिएको छ ।

जताततै कोरोनाको त्रास फैलिरहेको बेलामा जनतामा संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर सब्जी बजार बन्द गर्न निर्देशन दिएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले बताउनुभयो ।

नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहेकी पराजुलीले सब्जी मण्डी बन्द रहे पनि व्यापारीहरुले ठेला वा सफारीमा हालेर वेच्न सक्ने बताउनुभयो । अनुगमनमा गएका बेलबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्कीले आम उपभोक्ताको स्वास्थलाई मध्यनजर गरेर आफूहरुले व्यवसाहीहरुलाई सम्झाएर नयाँ विकल्पका साथ व्यवसाय संचालन गर्न आग्रह गरेको बताउनुभयो ।

व्यवसायीले पनि अनुगमन समितिको निर्देशनलाई सहज रुपमा लिएको बताएका छन् । लकडाउनको आडमा तरकारीजन्य सामग्रीमा कालोबजारी भैरहेको जनगुनासो आएपनि बाहिर आएजस्तो तरकारीमा कालाबजारी नभएको र त्यस्तो देखिएमा नगरपालिका आवश्यक कार्वाही गर्न तयार रहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button