Tune to BFM 91.2|Biratnagar

बेलबारीमा विदेशबाट आएकाको जानकारी लिन शुरु

विराटनगर, १६ चैत । मोरंगको बेलबारी नगरपालिकाले टोल–टोलमा स्वास्थ्यकर्मीहरु खटाएर विदेशबाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुरु गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि नगरपालिकाले बिदेशवाट आएका ७५ भन्दा बढी ब्यक्तिहरुको तथ्यांक संकलन गरी उनीहरुको अवस्था बुझिरहेको जनाएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कोरोना भाइरस रोकथामका लागि २४ घन्टा नै तयारी अबस्थामा बस्न वडाध्यक्षहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

नगरपालिकाको आपतकालिन बैठकले क्षेत्रभित्रका दैनिक ज्यालादारीमा काम गरी जीवनयापन गर्ने परिवारका सदस्य संख्या, बसोबास स्थल र आश्रित व्यक्तिहरुको वडा कार्यालय र टोलविकास संस्थासँगको समन्वयमा लगत संकलन गर्ने निर्णय गरेको छ ।

बैठकले नगर क्षेत्रभित्र विभिन्न राजनैतिक दल, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र व्यक्तिहरुलाई नगरपालिकासँगको समन्वय र सहकार्य बिना कुनै पनि राहत वितरण गर्न नदिने निर्णयसमेत गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button