Tune to BFM 91.2|Biratnagar

बेलबारीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु, दुई युवती घाइते

विराटनगर, ६ कात्तिक । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा गय राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा दुई युवती घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई राति ११ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनु भयो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।

अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button