Tune to BFM 91.2|Biratnagar

बेलबारी नगरपालिकाको हिउँदे अविधेशन सुरु

बेलबारी, २९ फागुन । मोरङको बेलबारी नगरपालिकाको पाँचौ हिउँदे अविधेशन (नगरसभा) आज देखी सुरु भएको छ । दुई दिन सम्म चल्ने हुने नगरसभामा दुई वटा ऐनहरु पारित गरीने प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

सभाले खेलकुद तथा सार्वजनिक सम्पत्ति संरक्षण सम्वन्धी ऐन पारित गर्ने प्रमुख सुवेदीले बताउनुभयो । नगरसभावाट ऐन पारीत गरेपछि खेलकुद विकास समिति गठन गर्ने वाटो समेत खुल्ने छ ।

सार्वजनिक जग्गाहरुको संरक्षण सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने समेत वाटो खुल्ने छ । विकास निर्माणका लागि जग्गाहरु अभाव भइरहेका वेला नगरपालिकाले कानुन वनाएर जग्गा तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षण गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button