Tune to BFM 91.2|Biratnagar

बेलबारी नगरपालिकाद्धारा १ हजार ७ सयलाई राहत वितरण

विराटनगर २३ चैत । मोरंगको बेलबारी नगरपालिकाले आज १ हजार ७ सय बढी परिवारलाई राहत वितरण गरेको छ ।

६ वटा वडाका १ हजार ७ सय ६२ परिवारलाई राहत सामाग्री वडा कार्यालय मार्फत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

वडा नम्बर २, ३, ६, ७, १० र ११ नम्बर वडामा दैनिक ज्यालादारी गर्ने परिवारलाई पहिलो चरणमा राहत वितरण गरेको उहाँले बताउनुभयो ।

१५ केजी चामल, १ किलो दाल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको नगर प्रमुख सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button