Tune to BFM 91.2|Biratnagar

बेलबारीमा अक्सिजन सहितको १५ बेडको आइसोलेसन तयार

विराटनगर, २७ वैशाख । मोरङको बेलबारी नगरपालिकाले अक्सिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमा ल्याएको थियो ।

नगरको पहिलो प्राथमिक्ता भनेको स्वास्थ्य हो बेलबारी नगरपालिकाका नगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भन्न्ुभयो हामी स्वास्थय भयौ भने मात्रै अरु सोच्न सक्छौ । नगरवासिलाई स्वास्थ्य उपचारका लागि कुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताउनुभयो । नगरपालिकाले कोरोना भाइरस बाट सक्रमित नागरीकहरुलाई अस्पताल सम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्सको समते ब्यबस्थापन गरीसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button