Tune to BFM 91.2|Biratnagar

बेलवारीमा माहुरी पालनमा कृषकको आकर्षण बढ्दै


बिराटनगर ६ चैत । पछिल्लो समय थोरै लगानिमा धेरै आमदानि गर्न सकिने भएपछि मोरङ्गको बेलवारीमा माहुरी पालनमा कृषकको आकर्षण बढ्दै जान थालेको छ । थोरै क्षेत्रफलमा धेरै माहुरी पाल्न सकिने भएपछि आकषर््ण बढ्र्दै जान थालेको हो ।

मोरङको बेलबारीमा समुहनै गठन गरेर एक दर्जन भन्दा वढि युवाले सामुहिक माहुरी पालन गर्न थालेका छन । जडिबुटि माहुरी पालन समुह गठन गरेर मौरीपालन गर्न थालिएको अध्यक्ष अकल वहादुर लावतिले बताउनु भयो । उनिहरुको फर्म वाट उत्पादन गरीएको मह स्थानिय बजारमै खपत हुने गरेको बताईएको छ ।

दैनिक कामको वाडफाड गरेर काम गर्ने गरेको समुहका सचिव भुवन सिंह कार्कीले बताउनु भयो । अहिले मौरीको मह ६ सय देखी १ हजार रुपैया सम्म रहेको छ ।फर्ममा मेलिफेरा जातको मौरी पालन गरेको बताइएको छ । बेलबारी नगरपालिकाले तालिम तथा मौरी सहितका घार दिएपछि आकर्षण बढेको कार्कीले बताउनु भयो ।

अपाङ्गता भएका ब्यत्तिहरु समेतको सहभागीतामा मौरी पालन गरीरहेका छन् । सवैलाई सजिलो हुने भएपछि आफुहरु पनि मौरी पालनमा लागेको अपाङ्गसघ बेलबारीका अध्यक्ष दिनेश कोईरालाले बताउनु भयो । कोइराला मह बजारमा लगेर बेच्ने गरेको बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button