बैंग्लोरले पञ्जाबलाई १० विकेटले हरायो, आज कोलकाता र राजस्थान भिड्ने

0
204

काठमाडौँ, १ जेठ । किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ । गएराती भएको खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हासिल र्गयो । जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । १२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाईट राईडर्स को पनि १२ अंक नैं छ । पञ्जाव विरुद्ध हिजोको खेलमा बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८८ रन मात्रै जाडेको थियो । आइपीएल क्रिकेटमा आज कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here