बोक्सो आरोप लागेका वृद्धको हत्या गर्ने अढाई वर्षपछि पक्राउ

0
83

विराटनगर, ६ कात्तिक । बोक्सोको आरोप लागेका वृद्धको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले मोरङको रंगेलीबाट अढाई वर्षपछि पक्राउ गरेको छ । बन्चरो प्रहार गरेर ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गर्ने १९ वर्षीय भरतलाल राजवंशी गयराति पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताउनु भयो । घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उहाँको भनाइ छ । कोइरालाले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर भरतले वृद्धको हत्या गरेको बताउनु भयो । हत्यापछि झाडीमा बन्चरो फ्यालेर फरार भएका उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि फेला पार्न सकेन । प्रहरीकाअनुसार हत्या अघि वृद्धलाई बोक्साको आरोप लगाएर स्थानीय बासिन्दाले पनि यातना दिएका थिए । बोक्साको आरोप लगाउँदै गाउँबाट विस्थापित गराइएका उनको स्थानीय प्रशासन र संघ संस्थाको पहलमा पुनस्थापना भएको केही समयमै हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको बताएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here