बौद्धिक करोडपती राजिव जैनलाई पुसमको सम्मान

0
188

विराटनगर, १२ जेठ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पसले आज आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्याम्पस प्रमुख डा.उत्तम रेग्मी, सहायक क्याम्पस प्रमुख सोनीला शाक्य,.क्याम्सका मुख्य अधिकृत गोपालप्रसाद गेलाल र प्रोफेसर दिनेश सुवेदीले सम्मान पत्र र दोसल्ला ओढाएर जैनलाई सम्मान गरेका थिए । सम्मानित भएपछी जैनले करोडपती बन्दाको अनुभव उपस्थीत विद्यार्थीलाई अनुभव सुनाए । उनले भने मैले कोन बनेगा करोडपतीमा सन २००२ आवेदन दिएको थिए त्यस्मा म टप १०० मा पुग्न सफल भएपनी मेरो सपना १८ पछी आफ्रनै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतीमा पुरा भएको बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here