Tune to BFM 91.2|Biratnagar

ब्राउन सुगर र नाइट्राभेटसहित तीन जना पक्राउ

विराटनगर, ५ साउन । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र नाइट्राभेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित विराटनगर महानगरपालिका–१५ रानीबाट पक्राउ पर्ने एक युवा भारतीय नागरिक हुन् । रानीको पेट्रोल पम्प नजिकैबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २० वर्षीय तरिकवन अनवरलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

भारतबाट साइकलमा आउँदै गरेका उनको साथबाट ३५ ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको उहाँको भनाइ छ । शंका लागेर चेकजाँच गर्दा उनले साइकलको सिट मुनी लुकाएर ल्याएको अवस्थामा लागुऔषध ब्राउन सुगर फेला परेको जानकारी खड्काले दिनु भयो ।

पक्राउ परेका तरिकवन भारत अररियाको जोगवनी–१२ स्लामपुरका बासिन्दा हुन् । त्यस्तै प्रहरीले विराटनगर–१५ बाटै लागुऔषध नाइट्राभेटसहित दुई युवालाई पक्राउ गरेको छ । गयराति पक्राउ पर्नेहरुमा विराटनगर–६ का २० वर्षीय राज दास र सुमित दास छन् ।

उनीको साथबाट एक सय २० चक्की नाइट्राभेट बरामद भएको एसपी खड्काले बताउनु भयो । उहाँकाअनुसार उनीहरुले शरीरमा लुकाईछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको हो ।

पक्राउ परेकाहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी एसपी खड्काले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button