Tune to BFM 91.2|Biratnagar

भट्टाचोकका मुस्लिम समुदायलाई राहत वितरण

विराटनगर, २८ वैशाख । मुस्लिम संघका केन्द्रिय सदस्य अफजल हुसेन गुल्जर साथै स्थानिय मुस्लिम अगुवाहरूले विराटनगर महानगरपालिका १ भट्टाचोकमा राहत वितरण गरेका छन् ।

भट्टाचोकका ९० घर परिवार मुस्लिम समुदायलाई उनिहरूले आज राहत वितरण गरेका हुन् । रमजानको अफतारीका लागि सहज होस भनेर राहत वितरण गरिएको वडा नं. १ मुस्लिम संघका अध्यक्ष नसिम शेखले बताउनुभयो ।

राहत स्वरूप साढे ११ केजि चामल, ४ सय ग्राम सोयाविन, १ केजि आलु, आधि लिटर तेल, २ प्याकेट चाउचाउ वितरण गरिएको उनले बताउनुभयो ।

राहत वडासँगको सहकार्यमा वितरण गरिएको छ । लकडाउनको पालना गर्दै उनिहरूले घरघरमा पुगेर राहत वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button