भद्रपुरमा अपांगता ग्राम सञ्चालन गर्दै प्रदेश १ सरकार

0
118

विराटनगर २८ जेठ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले झापाको भद्रपुरमा अपांगता नागरिक ग्राम सञ्चालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । अपांगता भएका नागरिकको संरक्षण एवं सुरक्षाका लागि प्रदेशमै पहिलो आपंगता ग्राम सञ्चालनका लागि मन्त्रालयको कार्यविधी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अगामी साउन महिनाबाटै ग्राम सञ्चालनमा ल्याउने र त्यसपछि पहिलो चरणमा १० जनालाई आवासीय सुविधासहितको सेवा दिने तयारी प्रदेश १ सरकारले गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ भित्रमा ५० जना पूर्ण रुपमा अपांगता भएका विपन्न र बेसहारलाई संरक्षणदेखि लिएर सबै कुराको व्यवस्थापन गर्दै आवासीय सुविधा प्रदान गर्ने योजना रहेको मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिव्यराज कट्टेलले बताउनुभयो । सरकारको प्रक्रियाले अन्तिम रुप लिंदै गर्दा प्रदेशको सामाजिक विकास मन्त्रालय र भद्रपुरमा रहेको खगेन्द्र नवजीवन केन्द्र झापा शाखाबीच ग्राम सञ्चालनका लागि सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेशमै पहिलो अपांगता ग्राम व्यवस्थापन र सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा केन्द्रका सभापति धनजुजु श्रेष्ठ र मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी (बराल)ले हस्ताक्षर गर्नुभएको छ । सरकारको ५० लाख रुपैयाँ अनुदान सहयोगमा सार्वजनिक–निजी साझेदारीमा आवासीय सुविधासहितको अपांगता ग्राम सञ्चालनमा ल्याइने कट्टेलले बताउनुभयो । ग्राम सञ्चालनका लागि धेरै जसो भौतिक संरचनाहरु तयारी अवस्थामा रहेको जानकारी सामाजिक विकास महाशाखा प्रमुख बरालले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here