Tune to BFM 91.2|Biratnagar

भरुवा बन्दुकसहित मिक्लाजुङबाट एक जना पक्राउ

विराटनगर १ असोज । दुईवटा भरुवा बन्दुकसहित मोरङको मिक्लाजुङ गाउँपालिका– ५ का ४३ वर्षीय जगतबहादुर लिम्बू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरमा लुकाईछिपाई राखेको अवस्थामा दुई नाल बन्दुकसहित लिम्बूलाई हिजो साँझतिर पक्राउ गरेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेपछि कारबाहीका लागि लिम्बूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । प्रहरीले वन्यजन्तुको चोरी सिकारीका लागि भरुवा बन्दुक राखिएको हुनसक्ने आशंका गरेको छ । लिम्बूविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button