Tune to BFM 91.2|Biratnagar

भाटभटेनीद्वारा २५ लाख राहत हस्तान्तरण

विराटनगर, २६ चैत । भाटभटेनी सुपरमार्केटले प्रदेश १ सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

भाटभटेनी विराटनगर शाखा प्रबन्धक सरिता राईले मुख्यमन्त्री शेरधन राईलाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताउनुभयो ।

उहाँले कोषमा हालसम्म १२ करोड हाराहारी रकम जम्मा भइसकेको छ । प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ ।

भाटभटेनीले सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय गरेको विराटनगर शाखा प्रमुख राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button