भाडामा बसेका विद्यार्थीलाई राहत
विराटनगर, १५ वैशाख । विराटनगरमा भाडामा वस्ने विद्यार्थीहरुलाई आज राहत वितरण गरिएको छ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले २२ जना विद्यार्थीलाई राहत वितरण गर्नुभएको हो ।
विद्यार्थीलाई १० किलो चामल, दाल, चाउचाउ, बिस्कुट र साबुन वितरण गरिएको छ । राहत वितरण गरिएका विद्यार्थीहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा र केही प्राइभेट क्याम्पसमा अध्ययनरत रहेका छन् ।
विराटनगरको कोशी प्रोजेक्ट, पिचरा, शान्ति चोक, देवकोटा चोक लगायत ठाउँमा भाडामा बस्ने विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।