भानु जयन्तीमा ७ जना सम्मानित

0
51

विराटनगर, २२ जेठ । भानु कला केन्द्र, भानु मोरंग सांस्कृतिक समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा आज ७ जना व्यक्तिहरुलाई सम्मानित गरेको छ । भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार डिआर उपाध्याय, साहित्य सम्मान गोकुल अधिकारी, आशावादी सम्मान कलाकार हरिप्रसाद पौडेल, भानु पदकबाट करुणा झा राजविराज, दिपक गोश्वामी भारत, लक्ष्मण नेवटिया विराटनगर र रामबावु दाहाललाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा महानगर प्रमुख पराजुली, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी, प्राज्ञ विवस पोखरेल लगायतले बोल्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here