भारततर्फ लैजाँदै गरेका चोरीका २० चौपाया बरामद
विराटनगर ८ पुस । मोरङ प्रहरीले रङ्गेली नपा–४, चिसाङ खोलाको बगरबाट भारततर्फ लैजाँदै गरेका २० चौपाया बरामद गरेको छ ।
भारततर्फ अवैधरुपमा चोरीनिकासी गर्दै गरेको अवस्थामा मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय रङ्गेली र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको प्रहरी टोलीले १६ वटा गाई र चारवटा गोरु बरामद गरेको हो ।
बरामद गरिएको अन्दाजी दुई लाख ८० हजार मूल्य बराबरका चौपाया भन्सार कार्यालय रानीमा बुझाएको प्रहरीले जनाएको छ ।