Tune to BFM 91.2|Biratnagar

भारतबाट फर्किएका १३ जना क्वारेन्टाइनमा

विराटनगर, १८ चैत । ‘लकडाउन’ उल्लंघन गर्दै रातारात भारतबाट फर्किएका १३ जनालाई प्रहरीले आज विराटनगरमा फेला पारेर क्वारेन्टाइनमा पठाएको छ । जसमा एक जना महिला छन् । महिलासहित १२ जना रुकुमका र एक जना उदयपुरका रहेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनु भयो ।

ज्याला मजदुरी गर्न भारत गएका उनीहरु अररिया हुँदै नेपाल फर्किएको जानकारी गौतमले दिनु भयो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर उच्च रहेको मुलुकमा भारत पनि पर्छ । संक्रमण फैलन नदिन भारत सरकारले कडाई गरिरहेको छ ।

नेपाल सरकारले संक्रमण फैलन नदिन ‘लकडाउन’ गरेसँगै भारतमा मजदुरी गर्न गएका उनीहरु फर्कन पाएका थिएनन् । नेपाल–भारत सीमा क्षेत्रमा रातको समयमा सुरक्षा उपस्थिति कमजोर हुने गरेको मौकाको फाइदा उठाउँदै उनीहरु नेपाल फर्किएको पाइएको छ । उनीहरु भारतबाट नेपाल छिर्दा पनि प्रहरीले सुइँकोसम्म पाएन ।

भारतीय भूमि कटेर ६ किलोमिटर उत्तर विराटनगर महानगरपालिका –११ बसपार्कमा आइसकेपछि बिहान ७ बजे मात्रै प्रहरीले उनीहरु भारतबाट फर्किएका नेपाली भएको पत्तो पाएको थियो । त्यस लगत्तै डीएसपी गौतम नेत्रृत्वको टोलीले उनीहरुलाई उद्धार गर्दै मोरङको टाँडीमा प्रदेश १ सरकारले निर्माण गरेर सेनालाई सञ्चालनको जिम्मा दिएको क्वारेन्टाइनमा राख्न पठाएको छ । उ

नीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिसकेपछि कोरोना परीक्षण गरेर रिपोर्ट ‘नेगेटिभ’ आएमा मात्रै घर पठाइने र स्वास्थ्यमा कुनै समस्या आएमा थप उपचार सुरु गरिने गौतमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button