भारतबाट महिला ल्याएर वेश्यावृतिमा लगाउने भारतीय पक्राउ

0
94

विराटनगर, २७ कात्तिक । भारतबाट विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो । उहाँकाअनुसार रियाज केही समयदेखि विराटनगर महानगरपालिका–१५ रानीमा रहेको हिमाल गेष्ट हाउसमा काम गर्दै आएका व्यक्ति हुन् । आफूले नेपालमा राम्रो पैसा कमाउने गरेको भन्दै विभिन्न प्रलोभनमा पारेर उनले भारतबाट महिलालाई नेपाल ल्याउँदै करकाप र प्रभावमा पारेर होटल तथा गेष्ट हाउसमा वेश्यावृतिमा लगाउने गरेको खुलेको खिँउजुको भनाइ छ । उहाँले भारत फारविसगञ्ज घर भएकी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका रियाज विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो । रियाजले ती महिलालाई राम्रो कमाई हुने प्रलोभन देखाएर केही दिन अघि विराटनगर ल्याएको खुलेको डीएसपी खिँउजुको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here