Tune to BFM 91.2|Biratnagar

भारतबाट १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी आयात

विराटनगर २६ वैशाख । नेपालको पहाडी क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएको बेला लकडाउन भएयता मात्र विराटनगर भन्सारबाट १४ करोड बढिको तरकारी आयात भएको छ ।

प्रदेश १ कै पहाडी क्षेत्रका किसानहरुले ढुवानी सहजता नपाएर आफूले उत्पादन गरेको तरकारी फाल्न बाध्य भएको बेला १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी आयात भएको हो । विराटनगर भन्सार कार्यालयका अनुसार लकडाउनयता ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ बरावरको ९ लाख ८४ हजार ९५ केजी हरियो तरकारी भारतबाट आएको छ ।

आयात भएको हरियो तरकारीहरुमा परवल, भिन्डी, करेला, खोर्सानीलगायत छ । यस अवधिमा विराटनगर भन्सारबाट ४ करोड ६३ लाख २१ हजार बरारको १७ लाख २६ हजार ६ सय ७१ केजि आलु आयात भएको छ । यसैगरि २ करोड ७३ लाख ५८ हजार मुल्य बरावरको ६ लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ भने ७६ लाख ४० हजार रुयाको ८४ हजार केजि लसुन आयात भएको छ ।

भारतबाट निर्वाध रुपमा करोडौंको तरकारी आयात भइहरेको बेला धनकुटाको छथरजोरपाटी गाउँपालिकाको ४ वटा वडा र माहालक्ष्मी गाउँपालिकाको ३ वटा वडाको ११ सय हेक्टर जमिनमा किसानले लगाएको तरकारी भने अहिले बारिमा कुहिरहेको छ । सिजनमा फलेको मोटरकोसा ५ रुपैयाँ किलोमा पनि विक्री नभएको भन्दै किसानले गाई वस्तुलाई ओछ्इदिएका छन् । रायोको साग, फूलकोभी, काँक्रा नबिकेर खेर गइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो क्षेत्रमा उत्पादित ५ करोड हाराहारीको तरकारमध्ये २०र३० लाखको मात्र बिक्री भएको छ । भारतबाट सोही मूल्य बराबरको तरकारी आयात भएकोमा त्यसलाई रोक्ने र आन्तरिक उत्पादनलाई बजारसम्म लैजाने विषयमा सरोकारवाला निकायले ध्यान नदिएको सिँधुवा कृषि भण्डारका प्रमुख मेघराज गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button