Tune to BFM 91.2|Biratnagar

भारतबाट ६ सय ८५ जना नेपाल भित्रिए

विराटनगर, १२ साउन । प्रदेश १ का विभिन्न नाका हुँदै लकडाउन खुलेपछि भारतबाट ६ सय ८५ जना नेपाल भित्रिएका छन् ।

भारतमा कोरोना महामारीले भयावह रुप लिइरहेका बेला नेपाल भित्रिने क्रम बढेको भन्दै स्थानीयहरुले संक्रमणको जोखिम बढेको बताएकाँछन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलले लकडाउन खुलेपछि ४ सय ९९ जना भारततर्फ गएको बताउनुभयो । भारतबाट नेपाल प्रवेशका लागि प्रदेश १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, मोरङको रानी र रंगेली तथा सुनसरीको भण्टाबारी नाका खुला गरिएको छ ।

यसरी भित्रिनेहरुलाई इलाम, झापा, मोरङ र सुनसरीस्थित होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहलाई क्वारेन्टाइनमा राख्नका लागि जिम्मा लगाउने व्यवस्था गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

होल्डिङ एरियाबाट जिम्मा लिएर गएपछि स्थानीय तहले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिने व्यवस्था मिलाइएको उहाको भनाइ छ ।

लकडाउन अवधिमा भने प्रदेश १ का नाकाहरुबाट १९ हजार ४ सय ५८ जना भारतबाट नेपाल भित्रिएका थिए भने २८ हजार २ सय २२ जना भारततर्फ गएको प्रहरीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button