Tune to BFM 91.2|Biratnagar

भारतमा कोरोना बाट ८ सय २५ को मृत्यु

विराटनगर, १४ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् ।

अहिलेसम्म भारतमा पाँच हजार ९ सय ३९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । यसैविच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ । त्यहाँ ५४ हजार २ सय भन्दा बढिको मृत्यु भएको छ ।

इटालीमा २६ हजार ३ सय, स्पेनमा २२ हजार ९ सय, फ्रान्समा २२ हजार ६ सय, बेलायतमा २० हजार ३ सय बढिको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार ७ सय नाघेको छ ।

२९ लाख ३६ हजार संक्रमित मध्येबाट ८ लाख ४१ हजार बढि उपचार पछि घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button