Tune to BFM 91.2|Biratnagar

भारतमा २१ सयको मृत्यु ,विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघ्यो

विराटनगर, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १०९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९३९ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।गुजरातमा अहिलेसम्म सात हजार सात सय ९६ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४७२ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार ६१४ जना संक्रमित हुँदा दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म एक हजार ७८६ जना संक्रमित भइसकेका छन् भने एक सय ७१ जना मानिसको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार ३७३ जना संक्रमित भेटिँदा ७४ जनाको मृत्यु भएकोृ छ । बिहारमा अहिलेसम्म पाँच सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा १९ हजार ३५८ संक्रमित निको भएर फर्किसकेका छन् ।

यसैबिच विश्वभर कोराना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । अहिलेसम्म विश्वभर ४१ लाख २ हजार संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ८० हजार चार सय ५४ पुगेको छ ।विश्वभर १४ लाख ४२ हजार ९८६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १३ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८० हजार ४०को मृत्यु भइसकेको छ ।स्पेनमा दुई लाख ६२ हजार ७८३ मा कोरोना भाइरसको संक्रमण देखिँदा २६ हजार ४७८ को मृत्यु भइसकेको छ । इटालीमा दुई लाख १८ हजार २६८ भन्दा धेरै संक्रमित भेटिँदा ३० हजार ३९५ को मृत्यु भएको छ ।

बेलायतमा पनि दुई लाख १६ हजारभन्दा बढी संक्रमित भेटिँदा ३१ हजार ५८७ को मृत्यु भइसकेको छ ।अहिलेसम्म अमेरिकामा दुई लाख ३८ हजार ८० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै जर्मनीमा एक लाख ४४ हजार ४००, स्पेनमा एक लाख ७३ हजार बढी र इटालीमा एक लाख तीन हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button