Tune to BFM 91.2|Biratnagar

भारतले दियो नेपाललाई ३० हजार पीसीआर टेस्टीङ कीट उपहार

काठमाण्डौ ४ जेठ । भारतले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट उपहारस्वरुप उपलव्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगेर पीसीआर टेस्टीङ कीट उपलव्ध गराउनुभएको छ । भारत सरकारको तर्फबाट उपलव्ध गराइएका प्याथोडिटेक्ट कोभीड १९ क्वालिटेटीभ आरटी पीसीआर टेस्ट कीट भारतको पुनेस्थित माइ ल्याबले उत्पादन गरेको बताईएको छ ।

पीसीआर टेस्टीङ कीटको अभाव भइरहेको बेला भारतले उपलव्ध गराएको कीटले परिक्षणमा धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । पीसीआर कीट बुझ्दै मन्त्री ढकालले आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिनुभएको थियो ।

यो भन्दा अगाडी भारतले वैशाख १०मा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button