भारतीय शैक्षिक मेला भोलि

0
88

विराटनगर, २८ जेठ । भारतीय शैक्षिक मेला भोलिदेखि विराटनगरको नमस्कार होटलमा हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरि शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । १० बजेदेखि आरम्भ हुने शैक्षिक मेला साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । एक दिने शैक्षिक मेलामा निजी विश्वविद्यालयहरूको सहभागिता रहनेछ । शैक्षिक मेलामा भारतीय विश्वविद्यालय तथा कलेजहरूको बारेमा नेपाली विद्यार्थीहरूले एकै थालोमा जानकारी पाउनेछन् । एक दिने शैक्षिक मेलामा दुई हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरि प्रत्यक्ष रुपमा लाभ लिने आयोजकले अपेक्षा राखेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here