Tune to BFM 91.2|Biratnagar

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

विराटनगर, १९ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ। भारतीय वायु सेनाको विमानमार्फत आज दिउँसो उहा काठमाडौं आइपुग्नु भएको हो् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुग्नुभएको थियो ।

विशेष सुरक्षा व्यवस्थाका साथ उहालाई सोल्टी होटलमा लगिएकोछ ।नरवणेको गाडीको अगाडि पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गरेको थियो । नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गर्नुभएको थियो । त्यसैले उहालाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ ।

आज नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ ।पत्नीसहित आउनु भएका उहाले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

भ्रमणको महत्वपूणर् कार्यक्रम भोलि राखिएको छ । उहाले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले भोली राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button